एनआईबिएल एस क्यापिटलले पारित गर्यो लाभांश


एनआईबिएल एस क्यापिटलले आठौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

बुधबार सम्पन्न साधारण सभाले कर सहित २२.२२ प्रतिशतले हुन आउने ६ करोड नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

त्यसैगरी आर्थिक वर्ष २०७६⁄७७ को संचालक समितिको प्रतिवेदन पारीत गर्ने, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारीत गर्ने, लेखापरीक्षक तोकी निजको पारिश्रमिक तय गर्ने लगायतका प्रस्ताव पनि साधारण सभाले पारित गरेको छ ।

क्यापिटलको चुक्ता पूँजी २७ करोड छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।