लक्ष्मी बैंकलाई एशियाली विकास बैंकको सम्मान


लक्ष्मी बैंकले एसियाली विकास बैंक (एडिबि) को ट्रेड एण्ड सप्लाई चेन फाइनान्स प्रोग्रामबाट सन् २०२० को लागि नेपालको अग्रणी साझेदार बैंकका रुपमा सम्मान प्राप्त गरेको छ ।

नेपालको अग्रणी साझेदार बैंकसँग २०१९ जुलाइ १ देखि २०२० जुन ३० को अवधिमा नेपालबाट सर्वाधिक कारोबार गरेवापत लक्ष्मी बैंकलाई सम्मान गरिएको हो । हालै सम्पन्न एक भर्चुअल कार्यक्रमका बीच बैंकलाई उक्त सम्मान प्रदान गरिएको हो ।

लक्ष्मी बैंकले ४८ जिल्लामा रहेका १२१ शाखा, ७ वटा एक्स्टेन्सन काउण्टर, ४ हस्पिटल सेवा काउन्टर, १५१ एटिएम, २ हजार ५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६१ शाखा रहित बैंकिङ्ग एजेन्टहरुबाट बैंकिङ सेवा दिँदै आएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।