सनराइज बैंकका ३ नयाँ शाखा


सनराइज बैंकले बाग्मती प्रदेशको सूर्यविनायक, गण्डकी प्रदेशको अमरसिंह र लुम्बिनी प्रदेशको योगीकुटीमा ३ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखा सहित बैंकका कुल शाखा संख्या १३९ पुगेको छ ।

बैंकले ५१ वटा शाखारहित बैंकिङ्ग सेवा, ११ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा ए.टि.एम मार्फत आफ्ना ७ लाखभन्दा बढी ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा नेपालका अन्य स्थानहरुमा पनि थप शाखाहरु सञ्चालन गर्ने योजना रहेको जनाएको छ ।

प्रकाशित मिति: १७ कात्तिक २०७७, सोमबार  १७ : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।