इकमर्श प्लेटफर्म दराजको ११.११ सेल मेला हुँदै, उपहारै उपहार


नेपालको अग्रणी अनलाइन शपिङ्ग बजार, दराजले वार्षिक ११.११ सेल नोभेम्बर ११ तारिखका दिन अर्थात कार्तिक २६ गते आयोजना गर्ने भएको छ ।

अलीबाबाको ११.११ सेल चीन बाट सुरु भई अहिले विश्वको धेरै देशहरुमा मनाइने गरिन्छ । ११.११ मा ग्राहकहरुले मेगा डिल, फ्ल्यास सेल्स, बैंक डिस्काउन्ट, निशुल्क डेलिभरी, भौचर मार्फत आकर्षक छुट उपलब्ध गराउँदै आएको छ । ६ हजार भन्दा बढी विक्रेताहरू र १६० भन्दा बढी राष्ट्रिय र अन्तर्राष्ट्रिय आधिकारिक ब्रान्डका ५ लाख भन्दा बढी उत्पादनहरुमा छुट पाइने विज्ञप्तिमा उल्लेख छ ।

यसपालि को ११ ११ सेलमा ग्राहकहरुले साझेदार बैंकहरूको डेबिट र क्रेडिट कार्ड मार्फत समान अर्डर गर्दा २० प्रतिशत वा ३ हजार रुपैंयासम्म छुट पाउनेछन । नबिल बैंक, एनआईसी एसिया बैंक, सानिमा बैंक, ग्लोबल आईएमई बैंक, एनएमबी बैंक, मेगा बैंक, नेपाल बंगलादेश बैंक, कुमारी बैंक, लक्ष्मी बैंक, सेन्चुरी बैंक र हिमालयन बैंकका कार्डधारक सेवाग्राहीले उल्लेखित छुट पाउने छन् । बैंक कार्ड मार्फत अनलाइन शपिंग गर्न मिल्ने बनाउनका लागि ग्राहकहरूले कार्ड एक्टिभेट गर्न सम्बन्धित बैंकमा सम्पर्क गर्नु पर्ने बताइएको छ ।

११.११ सेलमा ग्राहकहरुले दराज वन रुपैयाँ गेम, एड टु कार्ट एण्ड विन, मिसन ११.११, र डिएफजी लुडो प्रतियोगिता जस्ता गेमहरुमा भाग लिएर आकर्षक पुरष्कारहरु जित्न सक्ने छन् । दराज वन रुपैयाँ गेममा ग्राहकहरुले महंगा सामानहरु एक रुपैयाँमा जित्न सक्नेछन । एड टु कार्ट एण्ड विनमा आफ्नो दराज एपको कार्टमा राखेको समान जित्न सक्छन भने लुडो प्रतियोगितामा थप पुरष्कार सहित १५ हजार रुपैंया जित्न सक्नेछन ।

साथै ११.११ मा शपिंग गर्दा ८ लाख रुपैंया बराबरको नयाँ टीभीएस अपाचे आरआर ३१० पनि जित्न सकिने बताइएको छ । ११.११ को दिनमा दराज एप र वेबसाइटमा ५ लाख भन्दा बढी प्रयोगकर्ताहरूको उपस्थिति हुने अनुमान गरिएको छ ।

नेपालका २७ शहरहरूमा द्रुत वितरण सुनिश्चित गर्न र सबै भन्दा राम्रो ग्राहक अनुभव प्रदान गर्न दराजले ९०० भन्दा बढी डेलिभरी र ग्राहक सेवा एजेन्टहरू थपेको छ । साथै कर्मचारी र ग्राहकहरूको सुरक्षा सुनिश्चित गर्न दराजले प्रत्येक कर्मचारीको नियमित तापमान जाँच, हरेक स्थानमा नियमित सरसफाई र सबै डेलिभरी राइडरहरूलाइ मास्क, पन्जा र सेनिटाइजरहरु प्रयोग गर्न लगाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।