मुक्तिनाथ विकास बैंकले धितोपत्र बोर्डबाट पायो हकप्रद बिक्री गर्ने अनुमति

0
Shares

मुक्तिनाथ विकास बैंकले हाल कायम चुक्ता पूँजकिो २० प्रतिशत हकप्रद शेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

बोर्डले बैंकलाई ६१ लाख २९ हजार ५२० कित्ता हकप्रद शेयर बिक्री गर्न अनुमति दिएको हो ।

जस अनुसार मुक्तिनाथले कुल ६१ करोड २९ लाख ५२ हजार २५ रुपैयाँ बराबरको ६१ लाख २९ हजार ५२० कित्ता हकप्रद शेयर जारी गर्नेछ ।

हकप्रद शेयरको बिक्री प्रबन्धकमा बैंकले भिबोर क्यापिटलाई चयन गरिसकेको छ। रेटिङ एजेन्सी इक्रा नेपालले यस हकप्रदलाई औसत आधार जनाउने ‘ग्रेड ३’ रेटिङ दिएको छ ।

हाल बैंकको चुक्ता पूँजी ३ अर्ब ६ करोड ४७ लाख ६० हजार रुपैयाँ छ । २० प्रतिशत हकप्रद जारी गरेपछि पूँजी ३ अर्ब ६७ करोड ७७ लाख १२ हजार रुपैयाँ पुग्नेछ ।

बैंकको गत मंसिरमा सम्पन्न १२ औं वार्षिक साधारण सभाले हकप्रद बिक्रीको प्रस्ताव पारित गरेको थियो।