४४ मेगापिक्सलको सेल्फी क्यामेरा भएको भिभो भी ट्वान्टी नेपाली बजारमा


ग्लोबल स्मार्टफोन ब्राण्ड भिभोले नयाँ आकर्षक फोन भिभो भी ट्वान्टी नेपाली बजारमा सार्वजनिक गरेको छ । मोबाइल फोटोग्राफी, गेमिङ र डिजाइनका हिसाबले अब्बल मानिएको यो फोनले उपभोक्ताको अपेक्षालाई पुरा गर्ने कम्पनीको विश्वास छ ।

युवा जीवनशैली, गतिशिल तथा फेसनेबल प्रविधिमा आधारित यो फोनमा अत्याधुनिक फिचरहरु समावेश छन् । यसको डिजाइनको कुरा गर्दा यसमा ७.३८ एमएमको अल्ट्रा स्लिम बडी छ ।

जसमा एजी म्याट ग्लास फिनिसिङ रहेको छ । स्लिक डिजाइनको यो फोन तपाईंको खल्तिमा पनि सहजै अट्न सक्छ ।

६.४४ इन्चको एमोलेड फुल एचडी प्लस डिस्प्ले रहेको यो फोनमा ड्युड्रप नोच रहेको छ भने पछाडि भागमा ग्लास रहेको छ । यसमा स्क्रिन स्क्र्याच रेसिस्टेन्ट प्रविधि प्रयोग गरिएको छ ।

अर्थात यसले सानातिना स्क्र्याचलाई टार्ने क्षमता राख्नेछ । यो फोनको तौल १७१ ग्राम रहेको छ । यसमा इनडिस्प्ले अप्टिकल फिङ्गरप्रिन्ट स्क्यानर छ भने हेडफोन ज्याक ३.५ एमएमको छ । यसमा ६० हर्जको उत्कृष्ट डिस्प्ले रिफ्रेश रेट पनि रहेको छ ।

ट्रिपल रियर ब्याक क्यामेरा सेटअप रहेको फोनको सेल्फी क्यामेरामा अहिलेसम्मकै उच्च ४४ मेगापिक्सेल सेन्सरको राखिएको छ । जसमा ६४ मेगापिक्सलको आई अटोफोकस क्यामेरा, आठ मेगापिक्सलको दोस्रो र अर्को दुई मेगापिक्सलको मोनोक्रोम सेन्सर छ । जुन अहिलेका स्मार्टफोन लिगमा एउटा गेम चेन्जर फोन नै हो ।

यसमा ४ हजार एमएएचको ब्याट्री र ३३ वाटको फ्ल्यास चार्ज छ । यो फोन ४० मिनेटमा ६५ प्रतिशत व्याट्री चार्ज हुने कम्पनीले जनाएको छ । यसको सफ्टवेयर र अपरेटिङमा अक्टाकोर स्नापड्रागन ७२० आठ एनएमको रहेको छ ।

जसमा एड्रिनो ६१८ जीपीयू प्रयोग गरिएको छ । आठ जीबी र्‍याम र १२८ जीबी इन्टरनल स्टोरेज सहितको यो फोनको मूल्य ४७ हजार ९९० रुपैयाँ रहेको छ । यो फोन मिडनाइट ज्याज र सनसेट मेलोडी गरी दुई रंगमा उपलब्ध छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।