कुमारी बैंकको नाफा ५० प्रतिशतले बढ्यो, वितरणयोग्य कति ?

0
Shares

कुमारी बैंक (KBL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६० करोड २५ लाख ४३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको वित्तीय विवरण सार्वजानिक गरेको छ। बैंकले गत आवको यसै अवधिमा ४० करोड १९ लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएकोमा ४९.८९ प्रतिशतले नाफा बढाएको हो ।

देवः विकास बैंकलाई गाभेको बैंकले कोभिडको असरकाबीच पनि बैंकको व्यवसाय विस्तार तथा ब्याज संकलनमा उत्कृष्ट सुधार गरेको छ ।

यस अवधिमा बैंकको वितरण योग्य नाफा २५ करोड ९१ लाख ३२ हजार रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३९ करोड ७१ लाख ४७ हजार रुपैयाँ बढेर १ अर्ब ३१ करोड ५६ लाख रुपैयाँ पुगेको छ। त्यस्तै सञ्चालन नाफा २९ करोड ४२ लाख रुपैयाँम् बढेर ८६ करोड ५ लाख रुपैयाँ पुगेको छ।

बैंकले असोज मसान्तसम्ममा १ खर्ब १७ अर्ब २ करोड ६० रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १० अर्ब ३२ करोड ५२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष बैंकले १ खर्ब १६ अर्ब ५४ करोड ७० लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १० अर्ब ७१ करोड ७२ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो।

समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात १.०५ प्रतिशतबाट बढेर १.४३ प्रतिशत पुगेको छ। यस अवधिमा बैंकको आधार दर ८.४० प्रतिशत, स्प्रेड दर ४.३६ प्रतिशत र कोषको लागत ६.२८ प्रतिशत रहेको छ । त्यस्तै सिसिडि रेशियो ७५.३१ प्रतिशत छ भने पूँजीकोष अनुपात १४.९३ प्रतिशत छ।

चुक्ता पूँजी १२ अर्ब ५२ करोड ४९ हजार रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ३ अर्ब ५९ करोड ४३ लाख रुपैयाँ रहेको छ। बैंकको प्रतिशेयर आम्दानी १९.२५ रुपैयाँ छ भने प्रतिशेयर नेटवर्थ १४२.०५ रुपैयाँ र मूल्य आम्दानी अनुपात ११.५८ गुणा रहेको छ ।

Particulars Kumari Bank Limited   ( Rs in ‘000)  
Q1,  2077/2078 Q1, 2076/2077 Difference
Paid-up Capital 12,520,049.47 12,520,049.47 0.00%
Retained Earnings 1,670,424.95 1,317,542.68 26.78%
Reserves 3,594,338.57 3,341,777.48 7.56%
Profit/(Loss) for the Year 602,543.01 401,988.79 49.89%
EPS (Rs.) 19.25 16.83 14.38%
Net worth per share (Rs.) 142.05 126.39 12.39%
Deposit from Customers 117,026,017.97 116,547,033.20 0.41%
Loans & Advances to Customers 110,325,268.11 110,717,259.57 -0.35%
Net Interest Income 1,315,696.90 918,549.24 43.24%
Net Fee and Commission Income 145,366.85 166,893.14 -12.90%
Impairment Charge/(Reversal) 13,475.15 69,556.80 -80.63%
Operating Profit 860,500.82 566,294.31 51.95%
Distributable Profit/(Loss) after P/L appropriation and Regulatory Adjustments 259,132.27 254,889.58 1.66%
Capital Adequacy Ratio (CAR) (%) 14.93 11.57 29.04%
Non-Performing Loan (NPL) 1.43 1.05 36.19%
CCD (as per NRB Directive) 75.31 79.80 -5.63%
Cost of Fund (%) 6.28 7.22 -13.02%
Base Rate (%) 8.40 10.68 -21.35%
Qtr End PE Ratio (Rs.) 11.58 10.75 7.72%

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।