पिपुल्स पावरले तोक्यो हकप्रद शेयर निष्काशनको बुक क्लोज मिति


काठमाडौँ । पिपुल्स पावर लिमिटेडले हकप्रद शेयर निष्काशनको लागि बुक क्लोज मिति तोकेको छ । कम्पनीले हकप्रद शेयर जारी गर्न आगामी असार २ गते बुक क्लोज गर्ने निर्णय गरेको हो ।

असार १ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा भएको कारोबारबाट कायम भएका शेयरधनीहरुले मात्र हकप्रद शेयरमा आवेदन दिन पाउनेछन् ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ३१ लाख ६३ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

कम्पनीको हकप्रद शेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

प्रकाशित मिति: २३ जेष्ठ २०८२, शुक्रबार  १५ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।