विद्युत बिक्री घट्दा अन्य स्रोतको आम्दानीले बढ्यो अरुण भ्यालीको खुद नाफा


अरुण भ्याली हाइड्रोपावरले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा हाइड्रोले १ करोड ३६ लाख रुपैंया खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा हाइड्रोको खुद नाफा १४१ प्रतिशतले बढेको हो ।

विद्युत बिक्रीबाट हुने आम्दानीमा गिरावट आएको अवस्थामा कम्पनीले अन्य स्रोतबाट हुने आम्दानीको आकार बढाएर खुद नाफा बढाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड ३ लाख रुपैंयाको विद्युत बिक्री गरेकोमा अहिले १ करोड ३२ लाख रुपैंयाको मात्र विद्युत बिक्री गरेको छ ।

अन्य श्रोतबाट हुने आम्दानीको आकार भने समीक्षा अवधिमा ६६ लाख ४१ हजार रुपैयाँबाट बढेर ३ करोड ३७ लाख रुपैंया पुगेको छ । जसका कारण कम्पनीको खुद नाफा बढेको हो । यो आम्दानी दीगो नभएकाले औसत नाफा वृद्धि अनुपात प्रभावित हुन सक्छ ।

चुक्ता पूँजी ९९ करोड ८३ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ११ करोड १८ लाख रूपैयाँ सञ्चित छ । प्रतिशेयर आम्दानी १३ रुपैयाँ १९ पैसा रहेको कम्पनीको कम्पनीको प्रतिशेयर नेटवर्थ १११ रुपैयाँ २० पैसा छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।