‘पूँजीवादको पुनःनिर्माणका लागि’ जी ७ राष्ट्रका अर्थमन्त्रीहरूको बैठक फ्रान्समा

0
Shares

फ्रान्समा बुधबारदेखि जी ७ का सदस्य राष्ट्रहरूका अर्थमन्त्रीहरूको दुईदिने बैठक शुरु भएको छ ।

देशको उत्तरी शहर चान्टीलीमा सुरु भएको बैठकमा पारदर्शी अर्थतन्त्र, विद्युतीय करलगायतका विषयमा छलफल हुने जनाइएको छ ।

बैठकको अध्यक्षता गरेका फ्रान्सका अर्थमन्त्री ब्रुनो ली मायरले अन्य देशका समकक्षीहरूलाई स्वागत गरे ।

बैठकमा उनले जर्मनी, इटाली, जापान, बेलायत, अमेरिका र क्यानाडाका समकक्षीहरूलाई निमन्त्रणा गरेका थिए ।

बैठकमा “पूँजीवादको पुनःनिर्माणका लागि” छलफल हुने नेताहरूले बताएका छन् । उनीहरूले पारदर्शी पूँजीवादको आवश्यकता रहेकोमा पनि जोड दिएका छन् ।