काठमाडौँ । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले सरकारले सुनमा लगाएको कोटा प्रणाली खारेज गर्नुपर्ने माग गरेका छन् ।बुधबार काठमाडौँमा आयोजित अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले बजारको आवश्यकताअनुसार खुला बजार नीतिमार्फत सुन आयात गर्न पाउनुपर्ने बताएका हुन् ।
नियमनकारी निकाय बनाएर आवश्यकताअनुसार सुन आयातको व्यवस्था सरकारले गर्नुपर्ने उनको भनाइ छ । सुनको गरगहनासम्बन्धी कारोबारलाई नियमन गर्न मञ्चले नियमावलीको मस्यौदा दिएको १३ वर्ष भइसक्दा पनि सरकारले चासो नदिएको उनको भनाइ छ ।
उनले आगामी आर्थिक वर्षको बजेटमार्फत् ल्याइएको व्यवस्थाले सुनका गरगहनामा अनावश्यक मूल्य वृद्धि भएर आमउपभोक्तालाई मर्का पर्ने भएकाले सरकारले यसलाई खारेज गर्नुपर्ने बताए । नयाँ व्यवस्थाले पत्थर जडित सुनका गहनामा विलासित दस्तुर लगाउने निर्णय नेपालको संस्कृति र आमनेपालीलाई मारमा पर्ने खालको भएको उनको भनाइ थियो । साथै उनले वार्षिक ९ अर्ब रुपैयाँ राजस्व संकलन हुने सुन व्यवसायलाई नियमन गर्न सरकारले ढिलाइ गर्न नहुने बताए । यसका साथै राष्ट्र बैंकले लगाएको सिन्डिकेटले दैनिक करिब ५० किलो सुन तस्करीको माध्यमबाट आयात भइरहेको उनको आरोप छ ।










प्रतिक्रिया