आस्वा सदस्य नवीकरण नगर्ने बैंकबाट शेयर भर्न नपाइने, तपाईको बैंक पर्यो कि परेन ?

0
Shares

नेपाल धितोपत्र बोर्डले आस्वा सदस्यता नवीकरण गर्ने ४७ बैंक तथा वित्तीय संस्थाहरुको नाम सार्वजनिक गर्दै यी संस्थाहरुबाट मात्र शेयर आवेदन गर्न सकिने जनाएको छ ।

धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका अनुसार धितोपत्र दरखास्त संकलन सम्बन्धी कार्य गर्न प्रदान गरिएको सदस्यता एक वर्षसम्म बहाल रहने व्यवस्था छ । आस्वा सदस्यता लिएका बैंक तथा वित्तीय संस्थाहरुले प्रत्येक आर्थिक वर्षमा नवीकरण गर्नुपर्ने हुन्छ । नवीकरण नगरेसम्म त्यस्ता बैंकहरुबाट आइपीओ, एफपीओ तथा हकप्रद लगायतका शेयर आवेदन दिन पाइँदैन ।

धितोपत्र बोर्डले आर्थिक वर्ष २०७६–७७ का लागि आस्वा सेवा उपलब्ध गराउन नवीकरण गरेका ४७ वटा बैंकहरुको नाम सार्वजनिक गरेको छ । बाँकी रहेका आस्वा सदस्य प्राप्त बैंकहरुले नवीकरण गरेपछि मात्र आस्वा सेवा दिन सक्ने बोर्डले जनाएको छ ।