महालक्ष्मी लाईफको सबै बीमा योजनामा ५० प्रतिहजारभन्दा धेरै बोनस पाइने

0
Shares

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०७५/७६ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको बीमाङ्किय मुल्याङ्कन गरी बीमितहरुलाई प्रदान गरिने पोलिसी बोनस घोषणा गरेको छ ।

बीमा समितिको मिति २०७७ कार्तिक २८ गतेको पत्रबाट स्वीकृति प्राप्त भए बमोजिम कम्पनीले सञ्चालनमा ल्याएको तथा मूनाफामा सरिक हुने महालक्ष्मी सावधिक, महालक्ष्मी सरल र महालक्ष्मी जीवन हेरचार बीमाको २०७५।७६ को लागि न्यूनतम ५० प्रतिहजारको दरले बोनस घोषणा गरिएको हो ।

बीमा समितिले हालै जारी गरेको संसोधित बीमाङ्किय मुल्याङ्कन निर्देशिकामा सो अवधिसम्म जारी पोलिसीको बिमाङ्कीय मुल्याङ्कन गर्दा जारी पोलिसीको अवधि भुक्तानी नभए सम्मको लागि बोनस व्यवस्था गर्नुपर्ने हुन्छ ।

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले नयाँ कम्पनीहरुमा पहिलो पल्ट उक्त व्यवस्था सहितको मुल्याङ्कन गरी बोनस घोषणा गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराइले नोटबजारलाई जानकारी दिए ।

कम्पनीको आगामी बिमाङ्कीय मुल्याङ्कन नभएसम्मको लागि यही बोनस दरले अन्तरिम बोनस भुक्तानी गरिने उनको भनाई छ ।

बीमा समितिबाट स्वीकृत भएको कम्पनीको विभिन्न बीमा योजनामा प्रदान गरिने बोनस निम्न बमोजिम छन् ।

बीमा योजना बीमा अवधि बोनस दर  (प्रति हजार बीमाङ्कमा)
महालक्ष्मी सावधिक जीवन बीमा    
५ देखि १५ वर्ष रु.५०
१६ देखि २५ वर्ष रु. ५१
२६ देखि ३० वर्ष रु.५२
महालक्ष्मी सरल जीवन बीमा ५ देखि १५ वर्ष रु.५०
१६ देखि २५ वर्ष रु. ५१
२६ देखि ३० वर्ष रु. ५२
महालक्ष्मी जीवन हेरचार बीमा ५ देखि १५ वर्ष रु. ५०
१६ देखि २५ वर्ष रु. ५१

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।