एशियन लाइफ इन्स्योरेन्सले असार २५ गतेदेखि हकप्रद सेयर निष्काशन गर्दै


काठमाडौँ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले असार २५ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ४२ प्रतिशत अर्थात १० कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले ४.२ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।

हकप्रद शेयर निष्काशन प्रयोजनका लािग कम्पनीले जेठ १६ गते बुकक्लोज गरेको थियो । जेठ १४ गतेसम्म नेप्सेमा कारोबार भएको हो । कायम शेयरधनीहरुले उक्त हकप्रद शेयरमा साउन १३ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। शेयरधनीहरुले बिक्री प्रबन्धकका साथै मुक्तिनाथ विकास बैंकका बिर्तामोड, विराटनगर, जनकपुर, नारायणगढ, पोखरा–चिप्लेढुङ्गा, नेपालगञ्ज, खुर्देत, धनगढी, महेन्द्रनगर र बुटवल शाखा कार्यालय तथा एशियन लाइफ इन्स्योरेन्सको कार्यालयबाट आवेदन दिन सक्नेछन् । त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्वा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति: ८ असार २०८२, आइतबार  १० : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।