काठमाडौँ । मोरङ उद्योग व्यापार संघको आयोजना तथा रोटरी क्लब अफ विराटनगर फ्युजन, रोटरेक्ट क्लव अफ विराटनगरको सहयोगमा ‘नेपाली अर्थतन्त्रमा शेयर बजारको प्रभाव’ विषयक विजटक कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रम असार ७ गते शनिबार भएको हो ।
मोरङ उद्योग व्यापार संघका कार्यकारिणी सदस्य एवं विजटक कार्यक्रमका संयोजक ओम प्रकाश शर्माको संयोजकत्वमा कार्यक्रम आयोजना भएको थियो । कार्यक्रममा प्यानलिष्टको रुपमा मितेरी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत अनन्त चापागाई, विशाल मैदा मिल प्रालिका प्रबन्ध निर्देशक विकास कुमार बेगवानी, शुभकामना सेक्युरिटिज प्रालिका प्रोमोटर निखिल अग्रवाल र मोडरेटरको रुपमा केतन बोहराको उपस्थिति रहेको थियो । रोटरी क्लब अफ विराटनगर फ्युजनका अध्यक्ष विवेक अग्रवालको सहकार्यमा रोटरेक्ट क्लब अफ विराटनगरका अध्यक्ष पे्रम पारखद्वारा संचालित कार्यक्रमलाई शुभकामना सेक्युरिटिज प्रालिले प्रायोजन गरेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य दिने क्रममा संयोजक ओम प्रकाश शर्माले नेपालको शेयर बजारको विद्यमान अवस्था र आगामी दिनका अपेक्षाहरु बारे आफ्नो धारणा राख्नु भएको थियो । सो क्रममा संयोजक शर्माले नेपालको शेयर बजार हाल विकासशील तर अस्थिर अवस्थामा रहेको बताएका थिए । विद्यमान अवस्था हेर्दा नेपाली शेयर बजारको आकार ठुलो हुँदै गईरहेको तर कतिपय अस्पष्ट नीतिहरुका कारण शेयर बजारमा उतार चढाव भई नै रहने जिकिर गर्नु भएको थियो । नियमन सुधार, आई.पी.ओ. खुल्ने दर वृद्धि तथा निजी क्षेत्रको विश्वास पुनः जागृत गर्ने खालका सुधारात्मक नीतिहरुबाट नेपाली शेयर बजार दीर्घकालिन रुपले सशक्त हुने, लगानीकर्ताहरुको आकर्षण बढ्ने र आर्थिक वृद्धिको एक महत्वपूर्ण माध्यम समेत बन्ने धारणा व्यक्त गर्दै बताउँदै संयोजक शर्माले त्यसका लागि सम्बन्धित तथा नियामक निकायले तत्कालै ध्यान पु¥याउन आवश्यक रहेको बताएका थिए ।
साथै, कार्यक्रममा मोडरेटर र प्यानलिष्टहरु बीच नेपाली शेयर बजारको विद्यमान अवस्था र सुधारका विषयहरुमा चर्चा परिचर्चा हुनुका साथै सहभागीहरुबाट उठेका जिज्ञासाहरु प्रति प्यानलिष्टहरुले आ–आफ्ना धारणाहरु व्यक्त गरेका थिए ।












प्रतिक्रिया