ग्लोबल आइएमई बैंकका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टमा विशेष छुट


काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुले आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टमा १५ प्रतिशतसम्मको छुट पाउनेछन् । बैंक र आइएमई हस्पिटालिटी तथा इला कम्र्फोट एण्ड रिसोट प्रा.लि.बिच छुट सम्बन्धी समझदारी भएको हो ।

समझदारीमा बैंकका सहायक महाप्रबन्धक दिलिप पोखरेल र आइएमई हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत प्रसन्न अधिकारीले हस्ताक्षर गरेका छन् ।

समझदारी अनुसार बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक एवम् बैंकको मोबाइल बैंकिङ्ग ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताहरुले होटल तथा रिसोर्टहरुमा १५ प्रतिशत र मौलाकाली केबलकारको टिकटमा १० प्रतिशत छुट पाउनेछन् ।

आइएमई समुहको लगानीमा देशका विभिन्न स्थानहरुमा पर्यटक तथा पाहुनाहरुलाई स्तरीय सेवा सुविधा प्रदान गर्न होटल तथा रिसोर्टहरु संचालन गरीरहेको कम्पनीले जनाएको छ ।

काठमाडौँको होटलले हिमालय लाजिम्पाट र साके एण्ड फेङ्ग रेस्टुरेन्ट लाजिम्पाट, बागलुङको इला कम्र्फोट, गैंडाकोटमा इला होटल एण्ड रिसोर्ट मौलाकाली र पोखराको लेकसाइट रिट्रीट आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटकहरुको आरामदायी बसाई र अविस्मरणीय अनुभवको लागि प्रख्यात रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: ९ असार २०८२, सोमबार  १८ : ३३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।