३५ लाख रुपैयाँ धरौटी बुझाएर अदालतबाट बाहिरिए पूर्वप्रधानमन्त्री नेपाल


काठमाडौँ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल ३५ लाख रूपैयाँको बैंक ग्यारेन्टी बुझाएर विशेष अदालतबाट बाहिरिएका छन् ।

पतञ्जलि जग्गा प्रकरणमा नेपालको समेत संलग्नता किटान गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा बुधबार  राति विशेषले फैसला सुनाउँदै ३५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।

फैसलापछि पूर्वप्रधानमन्त्री नेपाल प्रक्रिया पूरा गरी ३५ लाखको बैंक ग्यारेन्टी बुझाएर बबरमहलस्थित अदालत परिसरबाट बाहिरिएका छन् ।

फैसलापछि धरौटीको बैंक ग्यारेन्टी बुझाएर अदालत परिसरबाट बाहिरिनेक्रममा पूर्वप्रधानमन्त्री नेपालले पत्रकारलाई कुनै प्रतिक्रिया दिएनन् । विशेषले माधव नेपालको तत्कालीन पदीय हैसियत र भूमिका समेतलाई मध्यनजर गरिएको भन्दै ३५ लाख रूपैयाँ धरौटी तोकेको हो । धरौटीमा छुटेका पूर्वप्रधानमन्त्री नेपाललाई विशेषले साउन १३ गते तारेखमा उपस्थित हुन भनेको छ ।

विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले पूर्वप्रधानमन्त्री नेपालँय ३५ लाख रुपैयाँ धरौटी मागेको हो ।

प्रकाशित मिति: १२ असार २०८२, बिहिबार  ०७ : १२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।