शेयर बजारमा अनलाइन कारोबारी हाबी, अल्पकालिन लगानीकर्ता सक्रिय


धितोपत्र बजारमा धितोपत्र दलाल कम्पनीकोमा गएर कारोबार गर्ने भन्दा पनि आफैँले अनलाइन मार्फत शेयर खरिद बिक्री गर्नेको जमात बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले पूर्ण स्व:चालीत प्रणालीको सुरुवात गरेपछि प्रविधिमा आधारित शेयर कारोबारीको संख्या बढेको हो ।

कारोना भाइरसको सकरात्मक प्रभावको रुपमा पूँजी बजारमा अनलाइन कारोबार प्रणालीको सुरुवाट भएको हो । कारोना भाइरसले समग्र अर्थतन्त्रलाई ठूलो क्षति पु¥याएको भएपछि शेयर बजारमा भने नयाँ प्रविधिको प्रयोग बढेको छ । अनलाइन कारोबार प्रणाली सुरु भएपनि शेयर बजार प्रविधिमैत्री मात्र नभई आकारमा पनि उल्लेख्य सुधार आएको छ । त्यसका साथै बजार सूचकमा पनि निरन्तर सुधारआई नयाँ उचाई बनाउने दौडमा देखिएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले पूर्ण ण रुपमा स्व:चालित कारोबार प्रणालीको सुरुवात गरेको करिब २ वर्ष भएको छ । यो अवधिमा बजारको आकार करिव २४ खर्बको भएको छ । यो अवधिमा धितोपत्र दलाल कम्पनीलाई हजुर–तपाई गरेर शेयरको खरिद बिक्री गर्नुपर्ने बाध्यता समेत अन्त्य भएको छ । नेप्सेको अहिलेको अनलाइन कारोबार प्रणालीमा लगानीकर्ता आफैले मार्केट डेप्थ हेरेर खरिब बिक्री गर्ने निर्णय गर्छन ।

हालसम्म अनलाइन मार्फत कारोबार गर्नका लागि १ लाख ७५ हजारभन्दा बढी लगानीकर्ताले युजरनेम र पासवर्ड लिएका छन् । लगानीकर्ताले आफुलाई पायकपर्ने धितोपत्र दलाल मार्फत एक पटक यूजरनेम र पासवर्ड लिएपछि घरबाटै कारोबार गर्न सक्छन् ।

नेप्सेमा कारोबार हुने साताको अन्तिम दिन बिहीबार हालसम्मै धेरै रकम बराबरको कारोबार भएको छ । त्यो कारोबार रकम मध्ये ८६.४२ प्रतिशत अनलाइन मार्फत कारोबार भएको नेप्सेले जनाएको छ । बिहीबार नेप्सेमा ३० हजार लगानीकर्ताले ६ अर्ब ११ करोड ६७ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको छ । यो कारोबार रकम मध्ये करिब ५ अर्ब २७ करोड रुपैयाँ अनलाइन मार्फत भएको हो ।

शेयर बजार प्रविधि मैत्री भएपछि बजारको आकारमा पनि उल्लेख्य सुधार आएको छ । बिहीबारको तथ्याङकलाई हेर्दा नेप्सेको कुल कजार पूँजीकरण २३ खर्ब ८२ अर्ब रुपैयाँ पुगेको छ । त्यसैगरी सर्वसाधारणमा कायम रहेको शेयरको फ्लोट मार्केट क्यापिटलाइजेसन ८ खर्ब २१ अर्ब रुपैयाँ पुगेको छ ।

त्यसका साथै शेयर बजार सूचक पनि नयाँ उचाइ बनाउने दौडमा देखिएको छ । कारोना भाइरसका कारण अर्थतन्त्र अस्तब्यस्त भएको अवस्थामा पनि शेयर बजार भने ठिक विपरीत दिन प्रतिदिनको उच्च सुधारले नयाँ उचाइ तर्फ देखिएको हो । बैंकिङ प्रणालीको न्यून ब्याजदर, आर्थिक गतिविधिमा देखिएको सुस्तताका कारण अन्य क्षेत्रका लगानीकर्ताका लागि पनि शेयर बजार पैसा पार्किङ गर्ने स्थालको रुपमा देखिएको छ । जसले गर्दा बजार विषम आर्थिक परिस्थितीमा पनि निरन्तर उच्च अंकको सुधारले निरन्तरता पाएको छ ।

बिहीबारको कारोबारलाइ नै आधार मान्दा धितोपत्र बजार सूचक १७७८.१२ अंकमा पुगेको छ । यसभन्दा अघि २०७३ साउन १२ गते नेप्से सूचक हालसम्मै उच्च १८८१ अंककमा पुगेको थियो । यसपलि पनि लगानीका अन्य क्षेत्रलाइ कोरोनाले असर गरेको र वित्तीय प्रणालीको ब्याजदर एकल अंकममा आउकाले यसभन्दा अघिको नयाँ उचाइलाई तोड्ने सम्भावना उच्च रहेको छ ।

यस्तो अवस्थामा शेयर लगानीकर्ता भने होसिया भएर लगानीको निर्णय गर्नुपर्ने हुन्छ । अर्थतन्त्र चलायमा भएको खण्डमा बजारमा लगानी गरेका लगानीकर्ताले छोटो अवधिमै पुँजी सिफ्ट गर्ने भएकाले पनि जोखिम धेरै भएको हुनाले चनाखो भएर लगानीको निर्णय गर्नु उचित हुन्छ । अहिलेको अवस्थामा अल्पकालीन लगानीकर्ता हाबी भएको हुनाले साना लगानीकर्ताले बजारको अवस्थालाइ श्लिेषण गरेर लगानीको निर्णय गर्नु पर्ने देखिन्छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।