लक्ष्मी सनराइज बैंक र आइएफसीबीच दिगो वित्त प्रवर्द्धनका लागि सम्झौता


काठमाडौँ । लक्ष्मी सनराइज बैंक र आइएफसी सम्झौता भएको छ । बैंकले सञ्चालन प्रभावकारिता अभिवृद्धि र दिगो विकास तर्फ महत्त्वपूर्ण कदम चाल्दै आइएफसीसँग रणनीतिक परामर्शको साझेदारीमा हस्ताक्षर गरेको हो ।

सम्झौता पत्रमा बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अजय शाह र आईएफसीका दक्षिण एसियाका क्षेत्रीय प्रबन्धक मेहदी चेरकाउईले हस्ताक्षर गरेका हुन् ।

सम्झौताले सूचना प्रविधि, बजार, कर्जा र सञ्चालन सम्बन्धी जोखिम व्यवस्थापनलाई सुदृढ बनाउनेका साथसाथै जलवायु फाइनान्स र सप्लाइ चेन फाइनान्स जस्ता दिगो वित्त र आपूर्ति वित्तको प्रवर्द्धन गर्ने गरी दुइ मुख्य क्षेत्रहरुमा आफ्नो पहल केन्द्रित गर्नेछ ।

सम्झौताले बैंकको दिगोपनको आधार निर्माण, जोखिम व्यवस्थापनमा सुधार ग्राहकहरूको दीर्घकालीन हितलाइ प्राथमिकता दिने प्रतिबद्धतालाई अझ सुदृढ बनाएको छ।

प्रकाशित मिति: १३ असार २०८२, शुक्रबार  १४ : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।