सिद्धार्थ म्यूच्यूअल फण्डले पनि खुलामुखी योजना सञ्चालन गर्ने


सिद्धार्थ म्यूच्यूअल फण्डले ‘सिद्धार्थ सिस्टमेटीक इन्भेष्टमेन्ट स्किम’ नामक २० करोड रुपैयाँ बरावरको खुलामुखी योजना सञ्चालन गर्ने भएको छ । कोषले सो योजना सञ्चालन अनुमतीका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन पनि दिइसकेको छ ।

उक्त योजनाको कोष व्यवस्थापकको रुपमा सिद्धार्थ क्यापिटल रहेको छ । यो खुलामुखी योजनाको कोष प्रवद्र्धकमा सिद्धार्थ बैंक रहेको छ । यो खुलामुखी योजना बमोजिम जम्मा २० करोड रुपैयाँ बराबरको २ करोड इकाइका निष्काशन अनुमतिका लागि गत बुधबार आवेदन दिएको हो ।

धितोपत्र बोर्डले निष्कासन अनुमति पाएपछि बिक्री खुला गर्नेछ । खुलामुखी योजना स्टक एक्स्चेन्जमा सूचीकरण नहुने र धितोपत्र दलालमार्फत कारोवार नहुने, योजनाको खुद सम्पत्ति मूल्यको आधारमा योजना व्यवस्थापकले नै योजनाको इकाईको खरीद बिक्री सुविधा उपलब्ध गराउने हुँदा लगानीकर्ताहरुले चाहेको बखत सहजै इकाई खरीदबिक्री गर्न सक्ने रहेको छ ।

खुलामुखी योजना निश्चित अवधिमा परिपक्व हुने नभई निरन्तर संचालनमा रहने, लगानीकर्ताहरुले ईकाइ खरिद गर्दा कुनै शुल्क नलाग्ने, बन्दमुखी योजना जस्तै खुलामुखी योजनाको प्रति इकाई मूल्य १० रुपैयाँ हुने र न्यूनतम एक हजार रुपैयाँसम्ममा इकाई खरीद गर्न सकिने र लगानीकर्ताहरुको माग अनुसार योजनाको आकार बृद्धि गर्न सकिने र नयाँ योजना समेत ल्याउन सकिने रहेको छ ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।