कोलम्बियामा हुने अल्टरनेटिभा फिल्म फेस्टिभलकालागि एसियाली आवेदन खुल्ला


काठमाडौँ । अल्टरनेटिभा फिल्म फेस्टिभलको तेस्रो संस्करण २०२६ को दोस्रो त्रैमासिकमा कोलम्बियामा आयोजना हुने भएको छ । यस संस्करणमा पुरस्कार कोष बढाएर १ लाख २० हजार अमेरिकी डलर गरिएको छ । जुन अघिल्लो संस्करणको तुलनामा २० हजार डलरले बढी हो ।

साथै, फोकस क्षेत्रबाट फिचर फिल्मका लागि नयाँ पुरस्कार श्रेणी थपिएको छ । जससँगै कुल पुरस्कारको संख्या सात पुगेको फेस्टिभल आयोजक अल्टरनेटिभाले जानकारी दिएको छ । इच्छुक आवेदकहरूले जेठ २७, २०८२ (जुन १०, २०२५) देखि असोज २४, २०८२ (अक्टोबर १०, २०२५) भित्र आवेदन दिन सक्नेछन ।

ल्याटिन अमेरिका र एसियाबाट सबै विधाका फिचर–स्तरका फिल्महरू स्वीकार गरिनेछ भने छोटो फिल्म श्रेणीहरू भने केवल ल्याटिन अमेरिकाका लागि सीमित रहनेछ । यी घोषणाहरू अल्टरनेटिभाले ल्याटिन अमेरिकामा पहिलोपटक आयोजना गरेको पत्रकार सम्मेलनका क्रममा गरिएको थियो ।

प्रकाशित मिति: २० असार २०८२, शुक्रबार  १० : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।