ग्रीन लिफ प्रालि लगायत ४ कम्पनी कालोसूचीमा


काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले सन्तोषजनक काम नगर्ने ४ कम्पनीलाई कालोसूचीमा राखेको छ ।

कार्यालयले आज सूचना जारी गर्दै काठमाडौंको ग्रीन लिफ प्रालि सहित ४ कम्पनीलाई कालोसूचीमा राख्ने जनाएको हो । ग्रीन लिफ प्रालिलाई सुनसरीको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिठानको सिफारिसको आधारमा कालोसूचीमा राखिएको हो ।

कार्यलयका अनुसार लुना खरेल मुख्य व्यक्ति भएको राधेश्याम झा मुख्य व्यक्ति भएको धनुषाको शिवम् कन्स्ट्रक्सन रघुनाथ कुमार ठाकुर मुख्य व्यक्ति भएको काठमाडौंको डि.जी. इगल कन्स्ट्रक्सन र मुन्नी कुमारी मेहता मुख्य व्यक्ति भएको सुनसरीको थोमस कन्स्ट्रक्सन एण्ड सप्लायर्स कालोसूचीमा परेका छन् ।

यी चारवटै कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको हो । कालोसूचीमा परेका कम्पनीहरुले एक वर्षसम्म सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँदैनन् ।

प्रकाशित मिति: २३ असार २०८२, सोमबार  ०८ : ४९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।