काठमाडौँ । प्रभु बैंक लिमिटेड सञ्चालक समितिका नवनियुक्त अध्यक्ष किशोरजङ्ग कार्कीले नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
अध्यक्ष कार्कीले आजै बसको बैंकको सञ्चालक समितिको ३८१ औँ बैठकको अध्यक्षता गरी सञ्चालक समितिको अध्यक्षको पदभार ग्रहण समेत गरेका छन्।
नेपाल राष्ट्र बैंक वालुवाटारमा सम्पन्न शपथ ग्रहण कार्यक्रममा डेपुटी गभर्नर निलम ढुङ्गाना र डेपुटी गभर्नर बम बहादुर मिश्र तथा बैंक सुपरीवेक्षण विभागका प्रमुख दिर्घ रावलको उपस्थिति रहेको थियो।
सो अवसरमा प्रभु बैंकका सञ्चालकहरु र प्रमुख कार्यकारी अधिकृतको पनि उपस्थिति रहेको थियो।
२०८१ पुस २९ मा सम्पन्न बैंकको २३ औँ वार्षिक साधारण सभामा सर्वसाधारण समूहका सेयरधनीहरुको प्रतिनिधित्व गर्दै बैंकको सञ्चालकमा निर्वाचित भएका कार्की यही असार १९ गते सम्पन्न बैंकको सञ्चालक समितिको ३८०औँ बैठकबाट सञ्चालक समितिको अध्यक्ष पदमा चयन भएका हुन्।












प्रतिक्रिया