बुटवल र भैरहवामा टोटल इनर्जीजको ‘फ्री सर्भिस क्याम्प’ सम्पन्न


काठमाडौँ । टोटल इनर्जीज लुब्रिकेन्ट्सको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी ल्युब आयल प्रालिद्वारा आयोजित दुइदिने ‘फ्री सर्भिस क्याम्प’ बुटवल र भैरहवामा सफलतापूर्वक सम्पन्न भएको छ।

चारपाङ्ग्रे सवारीका लागि बुटवलको एड्भान्स अटो क्यरमा असार २२ र २३ गते आयोजना गरिएको शिविरमा ७० भन्दा बढी गाडीहरू सहभागी भएका थिए। यसैगरी, दुइपाङ्ग्रे सवारीका लागि भैरहवाको धर्मेन्द्र मोटरसाइकल स्प्रे पार्टसमा असार १९ र २० गते आयोजना गरिएको शिविरमा ५० भन्दा बढी मोटरसाइकलहरू सहभागी भएका थिए।

शिविरमा सहभागी सवारी साधनहरूलाईः निःशुल्क मर्मतसम्भार, इन्जिन चेकअप, र लुब्रिकेन्ट परामर्श प्रदान गरिएको थियो। ग्राहकहरू र मेकानिकहरूलाई टोटल इनर्जीज ब्राण्डका लुब्रिकेन्ट्सका गुणस्तर र प्रविधिबारे जानकारी गराइएको थियो।

कार्यक्रममा सहभागी सवारी साधनधारकहरूको पिरियोडिक मर्मतसम्भार गरिनुका साथै तिनीहरूलाई सवारी साधनको दीर्घकालीन स्वास्थ्यमा टोटल इनर्जीज लुब्रिकेन्ट्सले पार्ने सकारात्मक प्रभावबारे जानकारी दिइएको थियो।

लक्ष्मी ल्युब आयलले सहभागीहरूबाट अत्यन्तै उत्साहजनक प्रतिक्रिया पाएको छ भने निरन्तर आयोजना गर्ने योजना प्रतिबद्धता गरेको छ ।

प्रकाशित मिति: २४ असार २०८२, मंगलबार  १४ : ४९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।