सिभिल लघुवित्तको हकप्रद नेप्सेमा सूचीकृत भएपनि लगानीकर्ताको खातामा अझै आएन

0
Shares

सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले मंगलबार चुक्ता पूँजीको शत प्रतिशत हकप्रद शेयर सूचीकृत गरेपनि लगानीकर्ताको डिम्याट खातामा भने अझै नपठाएको लगानीकर्ताले बताएका छन् ।

लघुवित्तको हकप्रद शेयरमा अवितरित लिलामी शेयरमा आवेदन गरेका एक लगानीकर्ताले मंगलबार सूचीकृत भएको हकप्रद शेयर बुधबार साँझसम्म आफ्नो डिम्याट खातामा नआएको बताए ।

अन्य कम्पनीहरुले नेप्सेमा सूचीकृत भएको साँझ नै लगानीकर्ताको खातामा पठाउने गरेपनि सिभिल लघुवित्तले भने नपठाएको हो । जसका कारण लगानीकर्ताले बढ्दो बजारमा शेयर बिक्री गर्न पाएका छैनन् ।

लघुवित्तले जारी गरेको एक बराबर एक अनुपातको हकप्रद शेयर (११ लाख ४१ हजार १४० कित्ता) मंगलबार दोस्रो बजारमा कारोबार गर्नमिल्नेगरी सूचीकृत गरेको थियो।

लघुवित्तले साउन २५ गतेदेखि भदौ २९ गतेसम्म चुक्ता पूँजीको १०० प्रतिशत हकप्रद शेयर निष्काशन गरी असोज १३ गते बाँडफाँड गरेको थियो।

हकप्रद निष्काशनका लागि लघुवित्तले असार १५ गते शेयर दाखिला खारेजी (बुकक्लोज) गरेको थियो। यसअनुसार असार १४ गते आइतबारसम्म कायम यस लघुवित्तका शेयरधनीहरुले मात्र उक्त हकप्रद पाउनेछन् । हकप्रदपछि २२ करोड ८२ लाख २८ हजार रुपैयाँ पुगेको छ ।

सम्बन्धीत थप समाचारहरुः-

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १० मंसिर २०७७, बुधबार  १८ : २० बजे