ब्युररको आधिकारिक आगमन नेपालमा


काठमाडौँ । जर्मनीको प्रख्यात स्वास्थ्य तथा वेलनेस उपकरण निर्माता ब्युरर जीएमबीएचले अब आधिकारिक रूपमा नेपाली बजारमा प्रवेश गरेको छ । जसअन्तर्गत यसको उत्कृष्ट घरेलु स्वास्थ्य उपकरणहरू देशभरिका उपभोक्ताहरूका लागि उपलब्ध छन् ।

सन् १९१९ मा स्थापना भई जर्मनीको उल्ममा मुख्यालय रहेको ब्युरर १४० भन्दा बढी देशहरूमा सञ्चालनमा छ र १ हजार ६०० भन्दा बढी कर्मचारीसहित व्यक्तिगत स्वास्थ्य, वेलनेस र मेडिकल प्रविधिको क्षेत्रमा विश्वको अग्रणी ब्रान्डको रूपमा परिचित छ ।

नेपालमा यसको सुरुवातले विश्वभरका घरपरिवारहरूलाई सहज, प्रयोगमैत्री र चिकित्सा–प्रमाणित स्वास्थ्य समाधानहरू उपलब्ध गराउने कम्पनीको लक्ष्यमा नयाँ उपलब्धि थपेको छ ।

त्रिपुरेश्वर, काठमाडौँमा आयोजित औपचारिक कार्यक्रममा ब्यूरर इन्डियाका कन्ट्री म्यानेजर रोहित सैनी र नेपाल ओभरेस मार्केटीङ कम्पनीका कार्यकारी निर्देशक राहुल अग्रवालको उपस्थितिमा नेपाली बजारमा यसको सुरुवात गरिएको हो ।
सैनीले भने, “ब्युररले सधैं भरपर्दो र नवप्रवर्तनयुक्त प्रविधिबाट व्यक्तिको जीवनस्तर सुधार गर्नमा ध्यान केन्द्रित गर्दै आएको छ । स्वास्थ्य सचेतना र रोकथाम मुखी सेवाहरू तीव्र गतिमा बढिरहेको नेपाली बजारमा आफ्नो उपस्थिति जनाउन पाउँदा हामी निकै उत्साहित छौँ ।”

प्रकाशित मिति: २५ असार २०८२, बुधबार  १० : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।