पिपुल्स पावरले ३१ करोडको आईपीओ जारी गर्ने, प्रभु क्यापिटल बिक्री प्रबन्धक

0
Shares


पिपुल्स पावर लिमिटेडले सर्वसाधारणलाई झण्डै ३१ करोड बराबरको शेयर जारी गर्ने प्रक्रिया अगाडि बढाएको छ । जसका लागि कम्पनीले प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

सो नियुक्ति सम्बन्धी सम्झौता मिति २०७७ मंसिर ११ गते बिहिबार सम्पन्न भयो । संझौतामा पिपुल्स पावरका तर्फबाट सञ्चालक सन्तोष राज नेपाल तथा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीेले हस्ताक्षर गरेका हुन ।

कम्पनीले स्थानीय बासिन्दा र सर्वसाधारणका लागि कूल शेयर लगानीको ३० प्रतिशत अर्थात करिब ३१ करोड रुपैयाँ बराबरको ३१ लाख कित्ता थमिक शेयर निष्काशन गर्न लागेको हो। कम्पनीका अनुसार शेयर लगतको काम भइरहेकाले कुल कित्ता एकिन भइसकेको छैन ।

पिपुल्स पावरले इलाम जिल्लाको इलाम नगरपालिकामा अवस्थित पुवाखोलामा ४.९६ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको भौतिक प्रगति ८० प्रतिशत सम्पन्न भइसकेको छ ।

पुवा दोस्रो जलविद्युत आयोजना निमार्ण गरिरहेको आयोजना सञ्चालक कम्पनी पिपल्स पावर लिमिटेड र नेपाल विद्युत प्राधिकरणबीच विद्युत खरिद बिक्री सम्झौता भईसकेको छ। प्राधिकरणले कम्पनीसँग बर्षायामको ६ महिना प्रतियुनिट ४ रुपैयाँ ८० पैसा र सुख्खायाममा ८ रुपैयाँ ४० मा विद्युत खरिद गर्ने सम्झौता छ।

९० करोड अनुमानित लागतमा आयोजना निमार्ण थालिएको हो। जसमा नेपाल बंगलादेश बैंकले ६० करोड ऋण लगानी गरेको छ भने र प्रबद्र्धकहरुको तर्फबाट ३० करोड स्वपूँजी लगानी रहनेछ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।