कुमारी बैंकको बोनस सहित चार कम्पनीको साढे १३ करोड कित्ता शेयर नेप्सेमा सुचिकृत

0
Shares

नेपाल स्टक एक्सचेञ्जमा यो साता कुमारी बैंकको बोनस सहित विभिन्न चार कम्पनीको १३ करोड ४९ लाख ७३ हजार ४४५ कित्ता शेयर कारोबारका लागि सुचिकृत भएको छ ।

नेप्सेका अनुसार कुमारी र एनएमबि लघुवित्तको बोनस शेयर, एशियन लाइफको हकप्रद र नविल व्यालेन्सको म्युचअल फण्डका इकाई कारोबारका लागि सुचिकृत भएको हो ।

नेप्सेका अनुसार नविल ब्यालेन्स फण्ड २ म्युचअल फण्ड ११ करोड २० लाख इकाई, कुमारी बैंकको १ करोड ५२ लाख २१ हजार ७८१ बोनस शेयर सुचिकृत भएको हो ।

त्यस्तै एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ७५ लाख ४० हजार ३५२ कित्ता हकप्द र एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडको २ लाख ११ हजार ३१२ कित्ता बोनस शेयर सुचिकृत भएका हुन ।