काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित ६ विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेलसहित ६ विरुद्ध १५ करोडभन्दा बढी भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
२०७६ माघ १५ को ठेक्का सम्झौतामा उच्च गति कम्प्युटिङ उपकरण खरिद गर्ने भनिए पनि कमसल गुणस्तरको उपकरण खरिद गरिएको अख्तियारको दाबी छ ।
केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेलसहित निर्देशक सफल श्रेष्ठ, सहायक निर्देशक रमेश पोखरेल, कम्प्युटर इन्जिनियर रामशरण गायक, लेखा अधिकृत निम बहादुर वलीसहित ठेक्का पाएको वल्र्ड डिस्ट्रिव्युसन नेपाल प्रालि र कम्पनीका अध्यक्ष तथा प्रवन्ध निर्देशक अरुण श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेषमा मुद्दा दायर गरेको हो ।










प्रतिक्रिया