सिटी एक्सप्रेस मनि ट्रान्सफरको १९ औँ बार्षिकोत्सवको अवसरका रक्तदान कार्यक्रम


काठमाडौँ । सिटी एक्सप्रेस मनि ट्रान्सफरले असार २७ गते १८ बसन्त पार गरेर १९ औँ  वर्षमा प्रवेश गरेको छ । यही १९ औँ  बार्षिकोत्सवको अवसरमा केन्द्रिय कार्यालय प्रांगडमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।

सिटी एक्सप्रेस मनि ट्रान्सफरले आयोजित कार्यक्रममा मुख्य अभिप्राय “रक्तदान जीवनदान–हामी सबैको योगदान” भन्ने मूल नाराका साथमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खुला रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । सिटी एक्सप्रेसको कमलादी स्थित मुख्य कार्यलयमा उल्लेख्य सहभागिताका साथमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

साथै १९ आंै बार्षिकोत्सवको अवसरमा कम्पनीले बर्षको उत्कृष्ट कर्मचारीहरुलाई पुरस्कृत पनि गरेको थियो । उक्त कार्यक्रममा सिटी एक्सप्रेसका ब्राण्ड एम्बेसडर तथा चर्चित हास्य कलाकार जितु नेपालको पनि उपस्थिती रहेको थियो ।

प्रकाशित मिति: २९ असार २०८२, आइतबार  १७ : ५८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।