आर्थिक सूचकाङ्क सकारात्मक : प्रधानमन्त्री ओली


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा सरकार सञ्चालनको १ वर्षमा मुलुकको आर्थिक सूचकाङ्कहरू सकारात्मक देखिएको बताएका छन् ।

आज सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वमा रहेको बनेको सरकारले १ वर्ष पुग्न लाग्दा मुलुकको आर्थिक सूचकाङ्कहरू सकारात्मक देखिएको र विकासका राष्ट्रिय आयोजनाहरूको कामले गति लिएको बताएका छन् ।

“हामी सरकारमा आएको १ वर्ष पुग्दैछ ।  यस बीचमा मुलुकको आर्थिक सूचकाङ्कहरू सकारात्मक देखिएका छन्भने विकासका राष्ट्रिय आयोजनाहरूको कामले गति लिएको छ,” प्रधानमन्त्री ओलीले लेखेका छन्, “टाइमलाइन तोकेर काम गर्ने र नतिजा खोज्ने प्रचलन यसअघि थिएन, अहिले त्यो सुरूआत भएको छ ।”

प्रधानमन्त्री ओलीले सरकार सञ्चालनको एक वर्षमा नागरिकको सेवा प्रवाहमा सरलता ल्याउन महत्त्वपूर्ण कानुनहरू संशोधन भएको जनाएका छन् । उनले कानुन संशोधनले क्रमैसँग लाइन होइन अनलाइनबाट काम गर्ने प्रचलन बढ्दै गएको बताएका छन् । “गर्नुपर्ने धेरै काम छन्, सरकारको ध्यान त्यसैमा केन्द्रित छ,” प्रधानमन्त्रीले लेखेका छन् ।

प्रकाशित मिति: ३० असार २०८२, सोमबार  १५ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।