काठमाडौँ । बैंकिङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि सुझाव पेस गर्ने उद्देश्यले डा रेवतबहादुर कार्कीको संयोजकत्वमा गठित कार्यदलले प्रतिवेदन बुझाएको छ । कार्यदलले गभर्नर प्रा डा विश्वनाथ पौडेलसमक्ष सोमबार प्रतिवेदन बुझाएको हो ।
कार्यदलमा नेपाल बैंकर्स सङ्घका पूर्वअध्यक्ष भुवनकुमार दाहाल सदस्य एवं नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल सदस्य सचिव रहेका थिए।
केन्द्रीय बैंकबाट गठित बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले यही असार २४ गते प्रारम्भिक प्रतिवेदन बुझाएकामा सोमबार अन्तिम प्रतिवेदन बुझाएको हो ।












प्रतिक्रिया