कल्याणपुरका नगरप्रमुख साह १ लाख रुपैयाँ घुस रकमसहित पक्राउ


सिरहा । सिराहाको कल्याणपुर नगरपालिकाका नगरप्रमुख रामपुकार साह १ लाख रुपैयाँ घुस रकमसहित रङ्गेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दीबास कार्यालयबाट खटिएको टोलीले आज दिउँसो उनलाई नगरपालिकाको कार्यालय परिसरबाटै नियन्त्रणमा लिएको हो ।

आयोगका अनुसार, उपभोक्ता समितिबाट भुक्तानीको प्रक्रियामा नगरप्रमुख साहले १ लाख रुपैयाँ घुस लिइरहेका बेला उनी पक्राउ परेका हुन् । आयोगले पूर्व जानकारीका आधारमा निगरानी गर्दै आएको र प्रमाणसहित उनलाई नियन्त्रणमा लिएको आयोग स्रोतले जनाएको छ ।

हाल घटनास्थलबाट घुस रकमसहितको मुचुल्का तयार पारी साहविरुद्ध आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको आयोगको कार्यालय बर्दीबासले जानकारी दिएको छ ।

प्रकाशित मिति: ३२ असार २०८२, बुधबार  १७ : ३७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।