गरिमा विकास बैंकले सहाराको खरिद प्रक्रिया चैत अन्तिमसम्म पूरा हुने


गरिमा विकास बैंक (GBBL) ले सहारा विकास बैंकलाइ खरिद गर्ने प्रक्रिया चैत अन्तिमसम्ममा पूरा गर्ने भएको छ । बैंकले खरिद प्रक्रिया पूरा गरी बैंशाख एक देखि संयुक्त कारोबार गर्ने योजना बनाएको हो ।

गरिमाले सहारा विकास बैंकलाइ खरिद गर्ने सम्बन्धि सम्झौता गत असोज १६ गते भएको थियो । हाल गरिमा विकास बैंकको चूक्ता पुँजी ३ अर्व २३ करोड ८६ लाख ८९ हजार ४ सय २८ रुपैयाँ २६ पैसा रहेको छ भने सहारा विकास बैंकको चूक्ता पुँजी २५ करोड ५४ लाख ८१ हजार ८ सय रुपैयाँ रहेको छ ।

सहारा विकास बैंकले गरिमा विकास बैंकको एक शेयर बरावर आफ्नो पनि एक कित्ता हुनु पर्ने दावी गरेको भएपनि स्वाप रेसिया ड्यू डेलिजेन्स रिर्पोटपछि मात्र निर्धारण हुने गरी सम्झौता भएको थियो ।

गरिमा विकास बैंकले हाल देशका सातै प्रदेशमा १०२ शाखा कार्यालयहरु मार्फत र सहारा विकास बैंकले प्रदेश नम्बर २ को सर्लाही जिल्लामा ४ शाखा कार्यालय र १ एक्स्टेन्सन काउन्टर मार्फत सेवा प्रवाह गरिरहेका छन् ।