नाफा बुक गरी पोर्टफोलियो चेञ्ज गर्दै लगानीकर्ता

0
Shares

शेयर बजार परिसूचक नेप्से सूचकले एकपछि अर्का रेकर्ड कायम गरेर अधिकतम बिन्दुमा पुग्दा शेयर लगानीकर्ताहरु एक समुहबाट नाफा सुरक्षित गरी अर्को समुहमा प्रवेश गर्ने क्रम बढेको छ ।

गत बिहीबार र आइतबार बैंकिङ्ग समुहका शेयरमा लगानी गरेका लगानीकर्ताहरुले सोमबारको पहिलो चरणमा इन्डेक्स उचालेर शेयर बिक्री गरेर बाहिरिँदा बैंकिङ्ग सूचक घटेको छ भने लगानीकर्ताहरु बीमा, ब्यापार र जलविद्युतका शेयरमा प्रवेश गरेका छन् ।

पछिल्लो समय नेप्से लगातार बढिरहेको छ । पछिल्लो १४ दिनमध्ये एकदिन २.३८ अंकको समान्य करेक्शन आएको बजारमा यसबीचमा १३ कारोबारदिनमा नेप्से ३६३ अंकले बढेको छ । नेप्सेमा करेक्शन नआई लगातार बढिरहेकाले यस्तो बजारमा नयाँ लगानीकर्ताको प्रवेश जोखिमपूर्ण हुने विश्लेषहरु बताउँछन् ।

नोटबजार डटकमसँग कुराकानी गर्दै एक विश्लेषकले भने, ‘कोरोना संकटका कारण लगानीको अन्य क्षेत्र संकुचित भएकाले बैंकबाट प्रवाह भएका कर्जा तथा अन्य सबै क्षेत्रबाट शेयर बजारमा लगानी भित्रिएकाले अहिले सूचक निरन्तर बढिरहेको छ । अन्य क्षेत्रबाट शेयर बजार भित्रिएका लगानीकर्ताले बजारबाट लगानी झिक्ने बित्तिकै नेप्सेमा ठूलो करेक्शन आउने सम्भावना रहने हुँदा नयाँ लगानीकर्ताले धेरै सोचविचार गरेर मात्र लगानी गर्नुपर्छ । त्यसैले सूचकमा होइन कम्पनी विश्लेषण गरी राम्रो लाभांश वितरण गर्नसक्ने क्षमताका आधारमा लगानी गर्नु उचित हुन्छ ।’

आज नेप्से २८.७९ अंकले बढेर १ हजार ९९७ दशमलव ०५ बिन्दुमा पुगेको छ । १९८ कम्पनीका २ करोड ५१ लाख ९१ हजार ३१९ कित्ता शेयर ८३ हजार ५६७ पटक खरीद बिक्री हुँदा कारोबार रकम ८ अर्ब ८६ करोड ७७ लाख १४ हजार ६८२ रुपैयाँ पुगेको छ । यो आइतबार कारोबार भएको रकमको तुलनामा ३६ करोड रुपैयाँ कम हो ।

बजारको वृद्धिसँगै शेयर बजार पूँजीकरण पनि हालसम्मकै उच्च बनेको छ । आज कुल बजार पूँजीकरण २६ खर्ब ७६ अर्ब ५२ करोड ४५ लाख रुपैयाँ रहेको छद । आइतबारको तुलनामा ३८ अर्ब ५४ करोड रुपैयाँले बढेको हो ।

आज कारोबारमा आएका आठ उपसमुहका सूचक हरियाली छाएको छ भने चार उपसमुहका सुचक ऋणात्मक बनेका छन् । जीबन बीमा सूचक ७ प्रतिशत धेरैले बढ्दा ब्यापार र जलविद्युतको इन्डेक्स पनि ५ प्रतिशत धेरैले बढेको छ ।

Symbol Turnover Closing Price
As of 2020-11-30 15:00:00
NLIC 384,886,772.00 1,855.00
NRIC 373,411,109.00 1,454.00
PRVU 367,139,936.00 370.00
NBB 333,327,784.00 317.00
GBIME 270,232,213.00 360.00
NIB 248,604,525.00 520.00
NBL 246,075,061.00 407.00
NABIL 229,713,140.00 1,159.00
NMB 225,441,086.00 464.00
KBL 222,719,247.00 269.00

आजको कारोबारमा नेपाल लाइफको सबैभन्दा धेरैको कारोबार भएको छ । कम्पनीको ३८ करोड ४८ लाखको शेयर खरीद बिक्री भएको हो । यसैगरी पुनर्बीमा कम्पनीको प्रभु बैंक र नेपाल बंगलादेश बैंकको पनि ३० करोड बढीको शेयर कारोबार भयो ।

यस्तै ग्लोबल आईएमई बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल बैंक, नबिल बैंक, एनएमबि बैंकर कुमारी बैक शीर्ष कारोबार हुने दश कम्पनीमा समेटिएका छन् । दशौं ठूलो कारोबार भएको कुमारी बैंकको २२ करोड २७ लाखको शेयर कारोबार भएको हो ।

  • ९ कम्पनीको शेयरमूल्य करिब दश प्रतिशतले बढ्यो

कारोबारमा आएका ९ कम्पनीको शेयरमूल्य करिब दश प्रतिशतले बढेको छ । युनाइटेड मोदी हाइड्रोपावर, अपर तामाकोशी, ग्रीन डेभलपमन्ट बैंक, नेपाल बंगलादेश बैंक, साञ्जेन जलविद्युत, रसुवागढी हाइड्रोपावर, नेपाल लाइफ, साल्ट ट्रेडिङ्ग, र नेपाल क्रेडिट एण्ड कमर्श बैंकको शेयरमूल्य करिब दश प्रतिशतले बढेको हो ।

Symbol LTP Point Change % Change
As of 2020-11-30 15:00:00
UMHL 176.00 16.00 10.00
UPPER 325.00 29.00 9.80
GRDBL 181.00 16.00 9.70
NBB 317.00 28.00 9.69
SJCL 228.00 20.00 9.62
RHPL 251.00 22.00 9.61
NLIC 1,855.00 160.00 9.44
STC 6,550.00 550.00 9.17
NCCB 298.00 25.00 9.16
SHPC 391.00 31.00 8.61
  • विशाल बजारको शेयरमूल्यमा नकारात्मक सर्किट

आजको कारोबारमा विशाल बजार कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर १० प्रतिशत अर्थात ३६० रुपैयाँले घटेर ३ हजार २४० रुपैयाँमा झरेको हो ।

बोर्टलर्स नेपाल तराई, लुम्बिनी विकास बैंक, एभरेष्ट इन्स्योरेन्सको संस्थापक, गरिमा विकास बैंक, प्राइम बैंक, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, नेपाल एसबिआई बैंक, महालक्ष्मी विकास बैंक र र पोखरा फाइनान्सको शेयरमूल्य पनि घटेको छ ।

Symbol LTP Point Change % Change
As of 2020-11-30 15:00:00
BBC 3,240.00 -360.00 -10.00
BNT 9,316.00 -534.00 -5.42
LBBL 234.00 -10.00 -4.10
EICPO 303.00 -12.00 -3.81
GBBL 279.00 -11.00 -3.79
PCBL 408.00 -16.00 -3.77
SIFC 210.00 -8.00 -3.67
SBI 449.00 -16.00 -3.44
MLBL 258.00 -9.00 -3.37
PFL 204.00 -7.00 -3.32

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १५ मंसिर २०७७, सोमबार  १५ : ४० बजे