नेपाल बैंकको ६.९९ प्रतिशत ब्याजदरमा व्यवसाय कर्जा


नेपाल बैंक (NBL) ले ७ प्रतिशत ब्याजदरमा व्यवसाय विस्तार कर्जा दिने भएको छ । बैंकले ८४ औ वर्षमा प्रबेश गरेको अवसरमा १० करोड सम्मको व्यवसाय कर्जा दिएको हो ।

बैंकले ६.९९ प्रतिशत बार्षिक ब्याजदरमा १० करोड रुपैयाँ सम्म चालु तथा स्थिर पूँजी कर्जा दिदै आएको हो । कोरोना भाइरसका कारण प्रभावित ब्यापार व्यवसाय विस्तारका लागि उक्त कर्जा प्रबाह गरिने बैंकले जनाएको छ।

‘एनबीएल एनिभर्सरी बिजनेस लोन’ नाम दिइएको यो कर्जा योजना व्यावसायिक क्षेत्र लक्षित ‘प्रडक्ट’ हो ।

यो योजना अन्तर्गत कर्जा लिन व्यवसाय सञ्चालन भएको कम्तीमा ६ महिना पुगेको हुनु पर्ने बैंकले जनाएको छ । व्यवसायको प्रकृति र आकारका आधारमा लागतको शतप्रतिशत र स्टक तथा रिसिभयबलको बढीमा ८० प्रतिशतसम्म कर्जा प्रवाह गरिने बैंकले जनाएको छ ।

कोभिड–१९ ले प्रभावित व्यावसायिक क्षेत्रको उत्थानमा टेवा र्पुयाउने उद्देश्यले वार्षिकोत्सवका अवसर पारेर सुलभ दरको बिजनेस कर्जा योजना ल्याएको हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।