‘शेयर बजारमा चलखेल गर्ने गिरोहको पछि धितोपत्र बोर्ड’- लगानीकर्ता

0
Shares

धितोपत्र बजार परिसूचक र कारोबार रकमले हरेक दिनजसो नयाँ किर्तिमान बनाएसंगै नियामक निकाय धितोपत्र बोर्डले लगानीकर्तालाई सचेत गराउदै बिज्ञप्ति निकालेको छ । तर, लगानीकर्ता भने धितोपत्र बजारलाई स्वतन्त्र छोड्नु पर्नेमा बोर्ड नै घटाउने र बढाउने खेलमा सामेल भएको आरोप लगाएका छन् ।

धितोपत्र बोर्डले यसभन्दा अघि पनि अघिल्लो वुलमा बजार १८८१ अंकमा पुग्नु भन्दा केही समय अघि लगानीकर्तालाइ सचेत भएर लगानी गर्न आग्रह गर्दै बिज्ञप्ति जारी गरेको थियो ।

मुलुकको अर्थतन्त्र विपरित शेयरबजार, लगानीकर्ता सचेत बनाउँदै नियामक

बोर्डको सो बिज्ञप्तिपछि बजार सूचक घटेको तितो यर्थाथ सबैमा विधित नै छ । सो विज्ञप्ति पछि लगानीकर्ताले धितोपत्र बोर्ड नै घेराउ गरेपछि बोर्डले आगामी दिनमा यस्ता खालका विज्ञप्ति जारी नगर्ने प्रतिवद्धता जनाएको थियो।  तर, अहिलेको बजार वृद्धिमा मौन रहन सकेन । यसै सन्दर्भमा धितोपत्र बजार सूचकको वृद्धि र धितोपत्र बोर्डको लगानीकर्ता सचेतना अनुरोधका विषयमा नोटबजारले लगानीकर्तासंग गरेको कुराकानी

‘बजार बढेको अवस्थामा धितोपत्र बोर्डले विज्ञप्ति निकाल्नु ठिक होइन’ – छोटेलाल रौनियार, अध्यक्ष ,नेपाल इन्भेष्टर्स फोरम

धितोपत्र बजार सूचक १८८१ अंकमा हुदाँ शेयर मूल्य अझै पनि आएको छैन । धितोपत्र बोर्डले बजार सूचक घट्ने वा बढ्ने विषयमा बिज्ञप्ति निकाल्दीन भनेर लगानीकर्तार्ला आस्वस्त परेको थियो । तर, सोमबार गर्दिन भनेको कुरालाइ पुनः दोहो¥याएको छ । बजार सकारात्मक भएको र हरेक आधारमा नयाँ किर्तिमान बनेको हुनाले लगानीकर्ता संघ संस्थाले बधाई तथा धन्यवाद दिदै विज्ञप्ति निकालेको हो ।

सोही क्रममा धितोपत्र बोर्डले बजारको वृद्धि संग सम्बन्धित विज्ञप्ति ननिकाल्न समेत आग्रह गरेको अवस्था थियो । हाम्रो आग्रहमा धितोपत्र बोर्डका उच्च अधिकारीले बिज्ञप्ति ननिकाल्ने जनाएका पनि थिए । त्यो कुराकानीमा मैले धितोपत्र बोर्डले विज्ञप्ती निकाल्दा नकारात्मक सन्देश जाने सुझाव समेत दिएको थिए ।

अहिलेको अवस्थामा बैंक वित्तीय संस्थाको शेयरमा लगानी अझै पनि सुरक्षित छ । अझै पनि १५ भन्दा थोरै शेयर मूल्य आम्दानी अनुपात हुने बैंकहरुको संख्या धेरै रहेको छ । मूल्य आम्दानी धेरै भएका कम्पनीको शेयर नकिन्ने । तर, थोरै मूल्य आम्दानी भएका कम्पनीको शेयर किन्ने त अवसर हो नि । अझै पनि बैंकहरुको शेयरमा लगानी गर्न सुरक्षित नै छ ।

सोमबार पैसा हुने लगानीकर्ता बैंकको शेयर छोडेर इन्स्योरेन्स र जलविद्युत समुहका कम्पनीको शेयरमा सिफ्ट भएको देखिन्छ । त्यसले गर्दा बैंकिङ समुह अलिकति घट्यो । यो स्वभाविक हो । तर, बजारमा सुधार आएको अवस्थामा धितोपत्र बोर्डले बिज्ञप्ति निकाल्नु ठिक होइन ।

‘धितोपत्र बजारलाई धितोपत्र बोर्डले नै स्वतन्त्र छोड्न चाहदैन’- उत्तम अर्याल’, अध्यक्ष’, शेयर लगानीकर्ता संघ

धितोपत्र बजारमा आएको सुधारमा धितोपत्र बोर्डले लगानीकर्ता होसियार भन्दै विज्ञप्ति जारी गरेर नियामक निकायको गैरजिम्मेवार देखिएको छ । पछिल्ला ४ वर्षका निरन्तर घट्दो क्रममा रहदाँ मौन बसेको धितोपत्र बोर्ड नेप्से परिसूचकले सुधारको गति लिने वित्तीकै विगार्न सक्रिय भएको जसतो देखिन्छ ।

लगानीकर्तालाई सुसुचीत गर्ने काम भनेको नियमित काम नै हो । तर, बजारको सुधारको विषयलाइ लिएर लगानिकर्तालाइ सचेत गर्दै विज्ञप्ति नै दिनु पर्ने अवस्था देखिदैन । सञ्चालनको २० वर्ष पुरा गरेका बैंक वित्तीय संस्थाको प्रति कित्ता शेयर मूल्य ३ सय देखि ४ सय रुपैयाँ हुनु अस्वभाविक पनि होइन होला ।

केही कम्पनीहरुको शेयर मूल्य अस्वभाविक रुपमा बढेको अवस्था छ । त्यस विषयमा धितोपत्र बोर्डले केही भनेको देखिदैन । अहिलेको अवस्थामा धितोपत्र बजारको कुल कारोबारको ८५ प्रतिशत अनलाइमार्फत हुने गरेको छ ।

यसकारण केही लगानीक्कर्ताले बजारमा चलखेल गर्न सम्भव नदेखेपछि नियामक निकायलाइ नै प्रयोग गरेको हुन सक्छ । तर, यो बिज्ञप्तिले बजार घट्ला र खरिद गरौला भन्ने सोच राखिएको भए त्यो नितान्त गलत हो । शेयर बजारलाई बढाउने र घटाउने गिरोहको पछि नियमन निकाय नै लागेको जस्तो देखियो । नियमन गर्ने निकायले बजार बढ््दाको विन्दु र घट्दाको विन्दु तय गरेर मात्र यस्तो काम गरेको भए उपयुक्त हुन्थ्यो । यसरी घट्ने र बढ्ने विन्दु निर्धारण गर्न नसक्ने अनि बजारलाई पनि नियन्त्रण गर्न खोज्नु जायज होइन ।

अहिलेको अवस्थामा पनि जलविद्युत कम्पनीको शेयर मूल्य एक सय भन्दा तल रहेको अवस्थामा छन । यो अवस्थामा पनि बजार वढ्यो भनेर होसियार गराउनु कत्तिको उयुक्त हो ? यो विज्ञप्तीकै कारणले लगानीकर्ता आत्तिनु पर्ने अवस्था छैन ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १५ मंसिर २०७७, सोमबार  १९ : ४९ बजे