एभरेष्ट बैंकद्वारा पशुपतिनाथमा वातावरण मैत्री शवदाह गृह स्थापना

0
Shares

एभरेष्ट बैंकले पशुपतिनाथ मन्दिरमा वातावरण मैत्री शवदाह गृह स्थापना गरेको छ ।

यस शवदाह गृहबाट उत्पन्न भएको धुँवा, भिजेको स्क्रबर हुँदै निस्कनेछ जस्ले वातावरणमा पुग्नु अघी सबै घातक वायु प्रदूषक र विषाक्त पदार्थ हटायी प्रदूषण नियन्त्रण गर्न मद्धत गर्ने बैंकले जनाएको छ ।

सो शवदाह गृह एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिक्रित जि।के। नेगीद्वारा पशुपती क्षेत्र विकास कोषका सदस्य सचिव डा। प्रदीप ढकाललाई हस्तान्तरण गरे। एभरेष्ट बैंकले सधैं आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वप्रति सचेत रहेको छ र यसको सी.एस.आर गतिविधिहरू अन्तर्गत जनताको हितका लागि विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आएको बैंकको भनाई छ।

बैंकमा हालसम्म ११ लाखभन्दा बढी ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो ९८ शाखा संजाल, प्रादेशिक कार्यालय , १२८ एटिएम बुथ सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ ।

यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३० वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।