एनएमबि बैंकले तेस्रो पटक पायो ‘बैंक अफ द इयर’ अवार्ड


एनएमबि बैंकलाई दि फाइनान्सियल टाइम्स् लण्डनले वर्ष २०२० का लागि नेपालको सर्वोत्कृष्ट बैंकको रुपमा “दि बैंकर्स बैंक अफ दि इयर २०२०” बाट सम्मानित गरेको छ । सो सम्मान बैंकले विगत चार वर्षमा तेस्रो पटक प्राप्त गरेको हो ।

बैंकले आफूलाई सबल तथा मजबुत बनाउन आफ्नो वासलातलाई सन्तुलित आकारमा विस्तार गर्दै देशका विभिन्न शहर तथा ग्रामिण भेगहरुमा शाखा सञ्चालन गरि १२ लाखभन्दा बढी ग्राहकहरुलाई गुणस्तरिय बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले आफ्नो कर्जा लगानीलाई प्राथमिक क्षेत्रहरु नवीकरणीय उर्जा, कृषि, साना तथा मझौला व्यवसायहरुमा उल्लेख्य वृद्घि गर्दै नेपालको आर्थिक उन्नतिको सहयात्री बनी आफूलाई फरक मूलधारको बैंकको रुपमा स्थापना गर्न सफल भएको बैंद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

एनएमबि बैंक ग्लोबल अलाइन्स फोर बैंकिङ अन भ्यालुज् (जीएबिीभी) को नेपालमा एक मात्रै “क” वर्गको सदस्य वाणिज्य बैंकको रुपमा रहेको छ । साथै नेपालमा दीगो मूल्य मान्यतामा आधारित बैंकिङ्ग सेवाको प्रवर्धनमा लागि परेका कारण बैंकलाई अन्तर्राष्ट्रिय संस्था पार्टनरशीप फर कार्बन एकाउन्टिङ फाइनान्सियल्स् (पीसीएफ) को स्टिअरिङ्ग कमिटिको सदस्य बैंकको रुपमा एबीएन, एएमआरओ, मोर्गान स्टेन्ली जस्ता संसारकै उत्कृष्ट बैंकहरुका साथ साझा एजेन्डामा काम गर्ने मौका प्राप्त भएको बैंकले जनाएको छ ।

एनएमबि बैंक विदेशी लगानीकर्ता संस्थाहरुकालागि नेपाली वित्त बजारमा लगानी गर्नका निम्ति सबैभन्दा बढी रुचाइएको बैंक हो । जसको फलस्वरुप बैंक कठिन समयमा पनि मुलुक भित्र उल्लेख्य वैदेशिक लगानी भिœयाउन सफल भएको छ । बैंकले नेपालमा वातावरणीय तथा सामाजिक जोखिम व्यवस्थापन नीति लागू गर्न अग्रणी भूमिका निर्वाह गरिरहेको छ ।

बैंक अफ दि इयर उपाधिले विश्वव्यापी रुपमा उत्कृष्टतालाई परिभाषित गर्दछ । यसका विजेताहरुलाई बैंकको वित्तीय क्षमता प्रदर्शन, शेयरधनीलाई दिइने प्रतिफल, ग्राहकहरुको हितकालागि गरिने पहलहरु जस्ता विभिन्न मापदण्डहरुबाट मूल्याङ्ककन गरिन्छ ।

विगत चार वर्षमा यस बैंकलाई तेस्रो पटक उक्त गरिमामयी उपाधिबाट सम्मानित गरिएको भन्दै बैंकले हर्षविभोर भएको जनाएको छ ।

विश्व समुदाय कोभिड १९ को महामारीबाट गुज्रिरहेको कठिन घडीमा पाएको बैंक अफ दि इयर २०२० को सम्मान, कर्मचारीहरुले देखाएको अदम्य साहस, त्याग, कडा परिश्रम, कामप्रतिको समर्पण, दीगो व्यवसाय विस्तारप्रतिको ऐक्यवद्घताका साथैसञ्चालक समितिको निर्देशन तथा सम्पूर्ण सरोकारवालाहरुको सहयोगको प्रतिफल भएको बैंकले जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।