काठमाडौँ । नेपालमा पेट्रोलियम पदार्थको माग बढ्दा आयात परिमाण बढेको छ । तर, अन्तर्राष्ट्रिय मूल्य घटेका कारण परिमाण बढे पनि आयातमार्फत् बाहिरिने रक मभने घटेको छ।
भन्सार विभागको तथ्यांकअनुसार गत आव २०८१/८२ मा डिजेल, पेट्रोल, खाना पकाउने ग्यास र हवाई इन्धनको आयात परिमाण अघिल्लो आवको तुलनामा बढेको हो ।
गत आवमा २ खर्ब ७४ अर्ब २७ करोड ६० लाख ८५ हजार रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ । अघिल्लो आव २०८०/८१ मा २ खर्ब ८८ अर्ब ४७ करोड ७८ लाख १ हजार रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको थियो ।
विभागको पछिल्लो ३ वर्षको तथ्यांक हेर्दा पेट्रोलियम पदार्थको आयात बर्सेनि बढेको देखिन्छ । मात्रात्मक रूपमा हेर्दा सबैभन्दा बढी खाना पकाउने (एलपी) ग्यास आयात हुने गरेको छ ।
आर्थिक वर्ष २०७९/८० मा ५८ अर्ब १५ करोड ४१ लाख १४ हजार रुपैयाँको ५१ करोड ४३ लाख ४० हजार ७६८ किलो एलपी ग्यास आयात भएको थियो भने २०८०/८१ मा ५५ अर्ब ६१ करोड ८४ लाख २५ हजार रुपैयाँको ५२ करोड ४२ लाख ४ हजार ४९६ किलो तथा गत आवमा ६२ अर्ब ५८ करोड ७२ लाख ६० हजार रुपैयाँको ५५ करोड ४६ लाख १२ हजार ६९८ किलो एलपी ग्यास आयात भएको छ ।
एलपी ग्यासको आयात आव २०७९/८० मा भन्दा २०८०/८१ मा ९८ लाख ६३ हजार ७२८ र २०८०/८१ को तुलनामा २०८१/८२ मा ३ करोड ४ लाख ८ हजार २०२ किलोले बढेको छ ।
यस्तै, डिजेलको आयात पनि बढ्दै गएको छ । आव २०७९/८० मा १ खर्ब ५३ अर्ब ७६ करोड ९९ लाख ८० हजार रुपैयाँको १४ लाख ८ हजार ४९४ किलोलिटर डिजेल आयात भएकामा २०८०/८१ मा १ खर्ब ४३ अर्ब ९७ करोड ६९ लाख २७ हजार रुपैयाँको १४ लाख ११ हजार ४४० किलोलिटर डिजेल आयात भएको थियो ।
यस्तै, गत आवमा १ खर्ब २८ अर्ब १६ करोड १६ लाख ४९ हजार रुपैयाँको १४ लाख ६६ हजार २८५ किलोलिटर डिजेल आयात भएको छ ।
डिजेलको आयात आव २०७९/८० मा भन्दा २०८०/८१ मा २९ लाख २ हजार ९४६ र २०८०/८१ को तुलनामा २०८१/८२ मा ५४ हजार ८४५ किलोलिटरले बढेको देखिन्छ ।
पेट्रोलको आयात पनि उल्लेख्य मात्रामा बढेको देखिन्छ । आर्थिक वर्ष २०७९/८० मा ६६ अर्ब ८४ करोड ४८ लाख ८ हजार रुपैयाँको ६ लाख ८० हजार ८०७ किलोलिटर पेट्रोल आयात भएको थियो । आव २०८०/८१ मा ६८ अर्ब १० करोड २० लाख ३६ हजार रुपैयाँको ६ लाख ८७ हजार ९३१ किलोलिटर तथा गत आवमा ६४ अर्ब १२ करोड ७४ लाख ४३ हजार रुपैयाँको ७ लाख ४६ हजार ४२० किलोलिटर पेट्रोल आयात भएको विभागले जनाएको छ ।
पेट्रोलको आयात आव २०७९/८० मा भन्दा २०८०/८१ मा ७ हजार १२४ र २०८०/८१ को तुलनामा २०८१/८२ मा ५८ हजार ४८९ किलोलिटर बढी हो ।
यस्तै, आर्थिक वर्ष २०७९/८० मा २० अर्ब ७ करोड ४३ लाख ३६ हजार रुपैयाँको हवाई इन्धन आयात भएकामा २०८०/८१ मा २० अर्ब ७८ करोड ४ लाख १३ हजार रुपैयाँको र गत आवमा १८ अर्ब ७९ करोड ९७ लाख ३३ हजार रुपैयाँको हवाई इन्धन आयात भएको छ ।












प्रतिक्रिया