चिलिमेको लाभांश पाउन मंसिर २८ गतेसम्म शेयरधनी बन्नुपर्ने, साधारण सभा पुस १२ गते

0
Shares

चिलिमे जलविद्युत कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट घोषणा गरेको लाभांश पाउन मंसिर २८ गतेसम्म शेयर खरिद गरिसक्नु पर्नेछ। कम्पनीले लाभांश पारित गर्नका लागि पुस १२ गते साधारण सभा बोलाएको छ ।

कम्पनीको साधारण सभा कम्पनीको रजिष्टर्ड कार्यालय धुम्बाराही काठमाडौंबाट भर्चुअल माध्यमबाट हुनेछ । साधारण सभामा भाग लिनका लागि शेयरधनीलाई मिटिङ आईडि र पासवोर्ड उपलब्ध गराईने कम्पनीले जनाएको छ ।

साधारण सभामा गत आर्थिक वर्षको आर्थिक प्रतिवेदन, लेखा परिक्षण प्रतिवेदनमा छलफल, कम्पनीको प्रबन्धपत्र तथा नियावलीमा संशोधनका हुनुका साथै प्रस्तावित लाभांश पारित गर्ने मुख्य एजेण्डा रहेका छन्।

चिलिमिले आर्थिक वर्ष ७६/७७ को शेयरधनीलाई हाल कायम चुक्ता पूाजीको १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद ९कर प्रयोजनको लागि समेत० गरि कुल २० प्रतिशत लाभांश वितरण प्रस्ताव गरेको छ ।

कम्पनीको साधारणसभाले पारित गरेपछि लगानीकर्तामा उक्त लाभांश वितरण हुने छ । लाभांश प्रस्ताव पारित भएपछि कम्पनीले ५७ करोड ९ लाख ७६ हजार २९३ रुपैयाँ बराबरको बोनस वितरण तथा ५७ करोड ९ लाख ७६ हजार २९३ रुपैयाँ नै नगद लाभांश बाँड्नेछ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर २९ देखि पुस १२ गतेसम्म बुक्क्लोज गर्ने निर्णय गरेको छ । मङ्सिर २८ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

हाल कम्पनीको चुक्ता पूँजी ५ अर्ब ७० करोड ९७ लाख रुपैयाँ छ । बोनस वितरण पश्चात कम्पनीको चुक्ता पूँजी ५७ करोड ९ लाख ७६ हजार रुपैयाँले वृद्धि हुनेछ ।

अघिल्लो वर्ष कम्पनीले २० प्रतिशत बोनस र ५ प्रतिशत नगदगरी कुल २५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

चिलिमेले चालु आर्थिक वर्षको पहिलो त्रैमास अर्थात गत असोज मसान्तसम्ममा २२ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ४९ पैसा छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १७९ रुपैयाँ २५ पैसा र मूल्य आम्दानी अनुपात ३२.३५ गुणा छ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।