काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । शुक्रबार सुन तोलामा ५०० रुपैयाँले घटेको हो भने चाँदी तोलामा ५ रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला १ लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला १ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, शुक्रबार चाँदी प्रतितोला २ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला २ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ३५६.९८ अमेरिकी डलर र चाँदी ३९.०२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।












प्रतिक्रिया