यातायात कार्यालय झापाद्वारा १ अर्व रुपैयाँ राजस्व सङ्कलन



झापा । यातायात व्यवस्था कार्यालय झापाले गत आर्थिक वर्ष २०८१/८२ मा विभिन्न शीर्षकमा १ अर्ब ६ करोड १७ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयले आर्थिक वर्ष २०८०/८१ को तुलनामा १२ करोड ९५ लाख ३३ हजार रुपैयाँ बढी राजस्व सङ्कलन गरेको हो ।

यातायात व्यवस्था कार्यालयका सूचना अधिकारी राजु ओलीका अनुसार आव २०८०/८१ मा ९३ करोड २१ लाख ६६ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो । आव २०८१/८२ मा १३ हजार ९७० सवारीसाधन दर्ता हुँदा १९ हजार ७७८ जनाले सवारी चालक अनुमतिपत्रका लागि प्रयोगात्मक परीक्षा उत्तीर्ण गरेका उनले बताए।

यसैगरी, कार्यालयले १ वर्षमा २२ हजार ६९१ सवारीसाधन नवीकरण गरेको छ । आव २०८१/८२ मा  सबैभन्दा धेरै ४ हजार ९६२ मोटरसाइकल दर्ता हुँदा ३ हजार ४१० स्कुटर दर्ता भएका सूचना अधिकारी ओलीले जानकारी दिए। सो अवधिमा २ हजार ६८८ ई–रिक्सा, ७६७ ई–स्कुटर, २४९ ट्याक्टर, २४६ जिप, २५८ कार, १६५ बस, १४६ भ्यान, ३९ टिपर, ७७ ट्रक र २३ मिनी बस दर्ता भएका थिए ।

प्रकाशित मिति: १२ श्रावण २०८२, सोमबार  १५ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।