सुनको मूल्य तोलामा १४ सय रुपैयाँले बढ्यो, चाँदीमा पनि वृद्धि


काठमाडौँ । स्थानीय बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । बुधबार सुन तोलामा १ हजार ४०० रुपैयाँले बढेसँगै चाँदी पनि तोलामा १० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला १ लाख ९४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला १ लाख ९३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, बुधबार चाँदी प्रतितोला २ हजार ३१० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला २ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ३२६.६४ अमेरिकी डलर र चाँदी ३८.१९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १४ श्रावण २०८२, बुधबार  १० : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।