ट्राफिक कारबाहीः दुई करोड ४१ लाख राजस्व सङ्कलन


बागमती । मकवानपुर जिल्ला ट्राफिक प्रहरी कार्यालयले गत आर्थिक वर्षमा २ करोड ४१ लाख ४५ हजार ५४ रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

उक्त कार्यालयका प्रमुख प्रहरी निरीक्षक बच्चुराम फुयालका अनुसार आव २०८१/८२ मा ट्राफिक नियम उल्लङ्घन गरेका ३० हजार ३४ सवारीसाधनबाट उक्त रकम सङ्कलन भएको हो ।

आव २०८०/८१ मा ४७ हजार ८९९ सवारीसाधनलाई कारबाही गरेर ३ करोड ६९ लाख ६७ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो । मकवानपुरमा आव २०८/८२ मा भएका ४०७ सवारी दुर्घटनामा ५० जनाको मृत्यु भएको तथा ९६५ जना घाइते भएका थिए ।

प्रकाशित मिति: १५ श्रावण २०८२, बिहिबार  ०७ : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।