बिहीबार सुनको भाउ घट्यो


काठमाडौँ । स्थानीय बजारमा बिहीबार सुनको भाउ घटेको छ । बिहीबार सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला १ लाख ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला १ लाख ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, बिहीबार चाँदीको मूल्य तोलामा ८० रुपैयाँले घटेको छ । बिहीबार चाँदी प्रतितोला २ हजार २७० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला २ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिन्छ ।

बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ३ हजार २९८.०९ अमेरिकी डलर र चाँदी प्रतिऔँस ३७.२५ डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १५ श्रावण २०८२, बिहिबार  १० : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।