बैंक वित्तीय संस्थामा कर्जा बढ्न थालेसँगै निक्षेपमा गिरावट, यस्तो छ एक दिनको तथ्यांक


काठमाण्डौं । बैंक वित्तीय संस्थामा निक्षेपको तुलनामा कर्जा परिचालनको मात्रा बढेको देखिएको छ । राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार बैंकिङ प्रणालीमा निक्षेप संकलनको आकार घटेको छ भने कर्जा लगानीमा वृद्धि भएको छ । निक्षेप संकलनको तुलनामा कर्जा लगानी धेरै भएका कारण बैंक वित्तीय संस्थाको निक्षेप घटेको देखिएको छ । निक्षेपको आकार घटेर कर्जा बढेसँगै कर्जा निक्षेप अनुपातको आकार बढेको छ ।

२०८२ साउन १० गतेको तुलनामा साउन ११ गते बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप २ अर्ब रुपैयाँले घटेर ७२ खर्ब २३ अर्ब रुपैयाँमा झरेको राष्ट्र बैंकले जनाएको छ । साउन १० गतेको कुल निक्षेप रकम ७२ खर्ब २५ अर्ब रुपैयाँ थियो ।
वाणिज्य बैंकहरुको मात्र निक्षेप ६४ खर्ब ७२ अर्ब रुपैयाँबाट घटेर ६४ खर्ब ७० अर्ब रुपैयाँ पुगेको छ । अन्य बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप रकम भने ७ खर्ब ५३ अर्ब रुपैयाँमा स्थिर रहेको छ ।

कर्जा लगानी भने ३ अर्ब रुपैयाँले बढेको छ । अघिल्लो दिन अर्थात साउन १० गते ५५ खर्ब ५९ अर्ब रुपैयाँ रहेको कर्जा लगानी बढेर ५५ खर्ब ६२ अर्ब रुपैयाँ पुगेको छ । वाणिज्य बैंकहरुको कर्जा लगानी ३ अर्ब रुपैयाँले बढेर ४९ खर्ब ३८ अर्ब रुपैयाँबाट ४९ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ । अन्य बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी भने ६ खर्ब २१ अर्ब रुपैयाँमा स्थिर रहेको छ ।

कर्जा लगानीको आकार बढेर निक्षेप घटेसँगै बैंकहरुको औसत कर्जा निक्षेप अनुपात ७५.९१ प्रतिशतबाट बढेर ७५.९८ प्रतिशत पुगेको छ । अन्तरबैंक ब्याजदर भने २.७५ प्रतिशत छ ।

प्रकाशित मिति: १५ श्रावण २०८२, बिहिबार  १५ : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।