सुनको मूल्य एकै दिन तोलामा ३४ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार


काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य एकै दिन तोलामा ३ हजार ४०० रुपैयाँले बढेको छ । आइतबार सुनको मूल्य बढेसँगै सुनको मूल्य २ लाख नजिक पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला १ लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला १ लाख ९३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढेको छ । आइतबार चाँदी तोलामा १५ रुपैयाँले बढेर २ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार १ तोला चाँदी २ हजार २३५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ३६३.०१ अमेरिकी डलर र चाँदी ३७.०३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १८ श्रावण २०८२, आइतबार  १० : ५८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।