काठमाडौँ । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हुन्डाई फेस्टिभ डिलाइट २०८१ बम्पर अफर’ को विजेता औपचारिक रूपमा घोषणा गरेको छ ।
बम्पर उपहारस्वरूप नयाँ हुन्डाई भेन्यु १.२ को चाबी कुबेर कन्स्ट्रक्सन प्रालिलाई प्रदान गरिएको छ ।
नेपालको सबैभन्दा ठूलो चाडपर्व दशैं र तिहारको अवसरमा सुरु गरिएको ‘फेस्टिभ डिलाइट २०८१’ अफर २०७९ साउन ६ गतेदेखि कात्तिक २२ गतेसम्म सञ्चालन गरिएको थियो।
यस अवधिमा ग्राहकहरूले आकर्षक नगद छुट १ लाख रुपैयाँसम्मको स्क्र्याच कार्ड पुरस्कार, १ वर्षको सडक कर छुट, १ वर्षको कम्प्रिहेन्सिभ इन्स्योरेन्स तथा पुरानो सवारी साटासाट गर्दा एक्सचेन्ज बोनस जस्ता सुविधा प्राप्त गरेका थिए।
बम्पर विजेताको घोषणा २०८२ साउन १५ गते हुन्डाई नेपालको आधिकारिक फेसबुक पेजमार्फत गरिएको थियो ।
घोषणा कार्यक्रममा हुन्डाई प्रतिनिधिहरू र कन्जुमर आई नेपालकी अध्यक्ष बिमला खनालको उपस्थितिमा पारदर्शी रूपमा विजेता छनोट गरिएको थियो ।












प्रतिक्रिया