एनआइबिएल सहभागिता फण्डका इकाई खरिदको भुक्तानी खल्ती मार्फत गर्न सकिने

0
Shares

एनआइबिएल सहभागिता फण्ड (खुलामुखी योजाना) का इकाई खरिदको भुक्तानी खल्ती मार्फत गर्न सकिने भएको छ ।

एन.आई.बि.एल एस क्यापिटलले ग्राहकको सुविधालाई ध्यानमा राखी यहि मंसिर २२ गतेदेखि यो सेवा सुरु गरेको जनाएको छ ।

एन.आई.बि.एल एस क्यापिटल नेपाल ईन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामित्वमा संचालित छ । यस अघि एनआइबिएल सहभागिता फण्डका लगानिकर्ताहरुलाई कनेक्ट आइपीएस र नेपाल इन्भेष्टमेन्ट बैंकको ई बैंकिङबाट मात्रै यो सेवा प्रधान गरिरहेको थियो ।

कोष प्रबन्धक, एन.आई.बि.एल एस क्यापिटलले लगानिकर्ताहरुलाई विना झन्झट खुलामुखी योजानामा लगानि गर्न सहज वातावरण बनाउन निरन्तर प्रयाशरत रहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।